सरकार चुनावको पक्षमा नरहेको केपी ओलीको आरोप, गठबन्धनलाई लुतोको संज्ञा, नेकपा एसलाई ‘माकुने पार्टी’
Sub
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
750
Shares
हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले चुनाव भाँड्न खोजेको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नजिकिदै गरेको स्थानीय निर्वाचन केन्द्रित गरेर नेकपा एमाले मकवानपुरले हेटौंडामा गरेको आमसभालाई सम्बोधन गर्दै उनले अहिलेको सरकार अझै पनि चुनावको पक्षमा नरहेको भन्दै चुनाव रोक्न खोजिरहेको आरोप लगाए ।