arrow

टेलिभिजन पत्रकारको गोली हानी हत्या, तीन गिरफ्तार

logo
प्रकाशित २०७७ भदौ ९ मंगलबार
Killed.jpeg

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बलिया जिल्लाको फेफना थाना क्षेत्रमा गोली हानी एक टेलिभिजन पत्रकारको हत्या भएको छ । सोमबार राति पत्रकार रतन सिंहको गोली हानी हत्या भएको हो । 

यो घटनामा तीन जनालाई गिरफ्तार गरिएको छ । कार्यालयबाट घर जाँदै गर्दा उनीमाथि आक्रमण भएको थियो । 

अरविन्द सिंह, दिनेश सिंह र सुनीलकुमार सिंहलाई गिरफ्तार गरिएको हो । प्रहरीका अनुसार पत्रकार सिंहको आफ्ना छिमेकीसंग जमीनको विषयमा विवाद चलिरहेको थियो । 

सोमबार समेत पनि दुवै पक्षबीच झगडा भएको थियो । छिमेकीले नै गोली हानी मारेको आरोप लागेको छ । पक्राउ परेका दिनेश पत्रकार रतन सिंहका टाढाका नातेदार हुन् । 

प्रहरीले रतनको शव आफ्नो कब्जामा लिएको छ । यो घटनाको छानबिन जारी रहेको प्रहरीले जनाएको छ । 

रतनको हत्यापछि बलिया श्रमजीवी पत्रकार युनियनले गहिरो आक्रोश व्यक्त गरेको छ । 



लोकप्रिय समाचार
नयाँ