काठमाडौं । मिसन मिडिया क्लवले बिहिबार एक सामान्य कार्यक्रमकाबीच पत्रकार महासंघ ललितपुरका कोभिड संक्रमित पत्रकार विदुर थापालाई कोभिड विमाको एकलाख रुपैयाँँ हस्तान्तरण गरेको छ ।
कोभिड–१९ को संक्रमणको बढ्दो जोखिमका वीच पनि अविराम आफ्नो कर्म क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिअन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि क्लवको तर्फबाट पत्रकार ‘ पत्रकार कोभिड बीमा’ गरिएको थियो ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव रहेका कल्वका अध्यक्ष श्रीजन झाले बिहिवार प्रदेश समितिको कार्यकक्षमा आयोजित एक कार्यक्रमकावीच पत्रकार थापालाई बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सबाट प्राप्त विमा रकमवापतको १ लाखको चेक हस्तान्तरण गरेका हुन्।
त्यस्तै अवको केहि दिनमा अर्का कोभिड संक्रमित पत्रकार संजय केसीलाई समेत विमा वापतको रकम हस्तान्तरण गरिने महासचिव झाले जानकारी दिए ।