धनुषा । न्यायमा पहुँच अभिवृद्धि गर्न कानुनी जागरुकता कार्यान्वयन अन्तर्गत पत्रकार तथा मिडियाकर्मीको दुई दिने अभिमुखिकरण कार्यक्रम धनुषामा सोमबार समापन भएको छ ।
कार्यक्रममा बोल्दै न्यायिक समितिका अधिवक्ता तथा कार्यक्रमका प्रशिक्षक राजकुमार महासेठले पत्रकार तथा मिडियाकर्मीको न्यायमा पहुँच भयो भने व्यक्तित्व विकास र क्षमता अभिवृद्धिले समाजलाई सकारात्मक परिवर्तन आउने विश्वासका साथ तालिमको आयोजना गरिएका छन्।
युएन डिपीको सहयोग तथा दलित समाज उत्थान समिति नेपाल, डिएसडब्लुसीएन संगको साझेदारी र सिपिसिएलसि धनुषा र एमएसवाईएन रौतहटको आयोजनामा दुई दिनसम्म चलेको प्रशिक्षणमा विभिन्न सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार तथा मिडियाकर्मीहरु सहभागी रहेको थियो ।
अभिमुखिकरण कार्यक्रम मा धनुषाका करिव १५ जना पत्रकारहरुलाई अभिमुखिकरण प्रदान गरिएका हुन् ।