झापा । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना भाइरस संक्रमण भएको छ ।
केही दिनदेखि ज्वरो आउने, जिउ तथा टाउको दुख्ने भएपछि अध्यक्ष सापकोटाले कन्काइ स्थित कोरोना प्रयोगशालामा पिसिआर परीक्षणका लागि स्वाब दिएका थिए ।
शुक्रबार आएको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ ।
हाल होम आइसोलेसनमा बसेका उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाइएको छ ।