काठमाडौं । ईरानमा सरकारविरोधी एक जना पत्रकारलाई फाँसी दिइएको छ । विरोध भड्काएको आरोपमा उनलाई फाँसी दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले लेखेका छन् । एक म्यासेजिङ एपमार्फत् विरोध भड्काएको आरोपमा उनलाई फाँसी दिइएको हो ।
फ्रान्समा शरण लिएर बसिरहेका जाम कसरी गिरफ्तार भए भन्ने खुलाइएको छैन । गत वर्ष इराक गएको समयमा उनी पक्राउ परेको बताइएको छ ।
जामले अमादन्यूज नामक सरकार विरोधी एक लोकप्रिय फोरम चलाउने गर्दथे । ईरानले अमादन्यूजमाथि २०१७–०१८ को देशव्यापी विरोध प्रदर्शन भड्काएको आरोप लगाएको छ ।