ग्लोबल आईएमई बैंक सञ्चालक समिति अध्यक्षमा ढकाल निर्विरोध
प्रकाशित २०७७ माघ १ बिहिबार
291
Shares
काठमाडौं। ग्लोबल आईएमई बैंक सञ्चालक समिति अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन्। बैंकको १४औं वार्षिक साधारणसभाले बैंकको अध्यक्षमा ढकाललाई निर्विरोध चयन गरेको हो। अन्य सञ्चालक सदस्यहरुमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शन कृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दिपक शर्मा पोखरेल (सर्वसाधारण) रहेका छन्।
नव निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराएका छन्।