ग्लोबल आइएमइ बैङ्क फिक्कलका शाखा प्रमुख आचार्य सवारी दुर्घटनामा मृत्यु
प्रकाशित २०७७ फागुन ८ शनिबार
163
Shares
झापा। पूर्वपश्चिम राजमार्गको मेचीनगर–१३ स्थित चारआलीमा सवारी दुर्घटना परी ग्लोबल आइएमइ बैङ्क फिक्काका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ।
शुक्रवार मे११प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे११प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए। घाइते आचार्यको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारकै क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसै गरी मे ११ प ११३१ नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भई उपचार भइरहेको छ। दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन्।