काठमाडौं । संसद विघटनपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आवेगसहितको आक्रामक आन्दोलन गर्न निर्देशन दिएका छन् ।
आफु पक्षको अनेरास्ववयूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले युवा विद्यार्थीहरुलाई आवेग र आक्रामक आन्दोलन गर्न निर्देशन दिएका हुन् ।
सम्बोधनका क्रममा अध्यक्ष दाहालले भने, ‘हाम्रो आन्दोलन आवेगमय हुनुपर्यो । आक्रामक हुनुपर्यो । बाघ र सिंह गर्जिए जस्तो हुनुपर्यो । प्रतिक्रान्तिकारीको मुटु हल्लिनुपर्यो ।’ शाकाहारी आन्दोलनले पुग्ने नदेखिएको प्रचण्डको भनाइ थियो । यसबाहेक दाहालले उक्त आन्दोलनमा आफु पनि सहभागी हुने बताएका छन् ।