अमरगढी । डडेल्धुरामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
जिल्लाको अमरगढी नगरपालिका–२ मा मंगलबार ट्र्याक्टर दुर्घटना हुँदा सोही वडाको कुस्मालीका गणेशबहादुर ऐरको मृत्यु भएको डडेल्धुरा प्रहरीले जानएको छ ।
दुर्घटनामा परी पाँच जना घाइते भएका र घाइतेको परिचय नखुलेको प्रहरीले जनाएको छ ।
से१त ३८१३ नम्बरको ट्र्याक्टर कच्ची सडकबाट केही तल खसेको घाइते सबैको डडेल्धुरा अस्पतालमा डडेल्धुरामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।
दुर्घटनाका बारे अनुसन्धान भइरहेको उनले बताए ।