काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा बार्सिलोना तेस्रो स्थानमा पुग्न सफल भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एल्चेलाई पराजित गर्दै तेस्रो स्थानमा पुगेको हो । बार्सिलोनाले खेल २–० गोल अन्तरले जितेको हो ।
एल्चेको मैदानमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी जोङ र रिकार्ड पुइगले एक एक गोल गरे । ३९ औं मिनेटमा जोङले तथा ८९ औं मिनेटमा रिकार्डले गोल गरेका हुन् ।