arrow

महाभियोगविरुद्ध लड्ने ट्रम्पका ५ वकिलले साथ छोडे

logo
प्रकाशित २०७७ माघ १८ आइतबार
Donald-trump-final.jpg

काठमाडौं । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि अर्को हप्ता अमेरिकी सिनेटमा महाभियोगको प्रस्तावमाथि मतदान हुँदैछ । यस अवस्थामा ट्रम्पपक्षका ५ वकिलले उनको साथ छोडेको सीएनएनले जनाएको छ ।

तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट महाभियोगको प्रस्ताव पारित भइसकेको बेलामा सिनेटबाट पनि पास हुने सम्भावना बढी देखिएको छ । यसैमा ट्रम्पविरुद्ध महाभियोगको बचाउमा रहेका वकिलहरुले उनको साथ छोडेपछि ट्रम्प झन् संकटमा परेका छन् ।

मुख्य वकिलका रुपमा रहेका बुच बोभर्स र डेबोरा बार्बियर अब ट्रम्पको टिममा नरहेको बताइएको छ । त्यस्तै न्यायाधिवक्ताहरु जोस होर्वड, जोनी ग्यासेर र ग्रेग ह्यारिसले पनि ट्रम्पको पक्षमा बोल्नबाट पछि हटेको बताइएको छ ।

सन् २०१६ मा ट्रम्पको चुनावी अभियानका सल्लाहकार रहेका जेसन मिलरले निवर्तमान राष्ट्रपतिमाथि महाभियोगको प्रस्ताव पारित गर्नु असंवैधानिक रहेको बताएका छन् । ४५ सिनेटरहरुले डेमोक्र्याटहरुको कदम असंवैधानिक रहेको भनेर भोट गरिसकेको समेत उनले बताएका छन् ।

तर, डेमोक्र्याटहरुले आउँदो साता इतिहासमै पहिलो पटक पूर्व राष्ट्रपतिमाथि महाभियोगको प्रस्तावमा मत खसाल्ने लगभग निश्चित भइसकेको छ ।



लोकप्रिय समाचार
नयाँ