भेरी अस्पतालका चिकित्सकलाई दुर्व्यवहार गर्ने अभियन्तालाई कारबाहीको माग
प्रकाशित २०७७ माघ २० मंगलबार
106
Shares
नेपालगन्ज । बाँकेमा चिकित्सकहरूलाई दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गरिएको छ। हिजो सोमबार नेपालगन्जको भेरी अस्पतालमा कार्यरत चिकित्सक डा. विपिन आचार्य, स्टाफ नर्स पार्बता आचार्य र अनमीद्वय देबा जिसी र कम्मु पौडेललाई आफूलाई सामाजिक अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीको नेतृत्वको टोलीले अस्पताल पुगेर दुर्व्यवहार गरेको थियो।
यसरी अस्पताल परिसर भित्रै पुगेर उक्त टोलीले चिकित्सकहरूप्रति गरेको अमानवीय कार्यविरुद्ध अस्पताल विकास समितिका तर्फबाट अस्पतालका मेसु डा. प्रकाश थापा,अस्पताल विकास समितिका सदस्यहरू धनराम वली, सरस्वती मल्ला र कृष्ण प्रसाद श्रेष्ठले विज्ञप्ति जारी गर्दै कारबाहीको लागि माग गरेको छन् ।
बिरामीलाई ठेगाना सोधेको कुरालाई विवादमा बदलेर शाहीको टोलीले चिकित्सकहरूलाई गालीगलौज र लछारपछार गरेको अमानवीय कार्यको अस्पताल विकास समितिले घोर आपत्ति प्रकट गर्दै त्यो टोलीलाई कारबाहीको माग गरेको छ।