arrow

'दुई नम्बरको अध्यक्ष बन्ने रहर गरेर माधव नेपाल प्रचण्डको पछि लागे'

logo
सन्जय भट्टराई,
प्रकाशित २०७७ माघ २० मंगलबार
prithivi-subba.JPG

कावासोती। गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङले दुई नम्बरको अध्यक्ष बन्ने रहर गरेर माधव नेपाल प्रचण्डको पछि लागेको आरोप लगाएका छन् ।

मङ्गलवार पूर्वी नवलपरासीको गैँडाकोटमा नेपाल कम्युनिस्ट पार्टी ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले दुई पार्टी एकीकरण भए पछि बसेको केन्द्रीय समितिको बैठकले २०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरिसकेको बेला दुई महिना पनि कुर्न नसकी दुई नम्बर अध्यक्ष बन्ने रहरले प्रचण्डको पछि लागेर माधव नेपालले पार्टी फुटाएको आरोप लगाएका हुन् ।

सरकारलाई काम गर्न नदिएर प्रचण्ड माधवले अप्ठ्यारो पारेको हुँदा अहिलेको अवस्था आएको बताउँदै गुरुङले ताजा जनादेशको लागि जनतामा जानु परेको बताए ।  संसद् विघटन बचाउ गर्दै गुरुङले आउने  निर्वाचन पनि आफुहरुले नै  जित्ने दाबी  निर्वाचनको तयारीमा  लाग्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

यसै बिच संसद् विघटन पछि नेकपा गैँडाकोट नगर संयोजक र सचिव दाहाल नेपाल समूहमा लागे पछि मङ्गलवार सम्पन्न  ओली समूहको नगर स्तरीय भेलाले नवराज कँडेललाई नगर संयोजक   विमल चापागाईँलाई  सहसंयोजक र ख्याम नारायण लम्साललाई सचिवमा चयन गरेको छ ।



लोकप्रिय समाचार
नयाँ