काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न सर्वोच्चले आदेश दिएको छ ।
काठमाडौँमा आयोजित सभामा प्रचण्डले ‘केपी ओलीको निरङ्कुश र स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने ‘ लाखौँ लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ’ भन्दै उद्घोष गरेका थिए ।
प्रचण्डको यो अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समीर हायुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।
सोही मुद्दामा बुधवार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई ७ दिनभित्र आफैँ लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।