arrow

ईश्वरपुरमा समुन्नति कार्यक्रमको अनुगमन

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
isapura.jpg

सर्लाही ।  ग्रामीण नारी उत्थान सङ्घ हरपुरद्वारा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत भए गरेका कामहरूको शुक्रवार अनुगमन गरिएको छ । सेभ द चिल्ड्रेनको साझेदारीमा सन् २०१७ जुलाई देखी सङ्घले ईश्वरपुर नगरपालिकामा सञ्चालन गरेको कार्यक्रमको अनुगमन गरिएको हो ।

सन् सेभ द चिल्ड्रेनका कन्ट्री डाइरेक्टर जेनिफर सेडको नेतृत्वमा सेभ द चिल्ड्रेन क्षेत्रीय कार्यालय बर्दिबास एवं मलंगवा स्थित जिल्ला कार्यालयका टिमवाट बिहान ८ बजे देखि फिल्ड अनुगमन गरिएको सङ्घले जनाएको छ ।

अनुगमनकै सिलसिलामा ईश्वरपुर–१४ श्रीनगर स्वास्थ्य चौकीमा नवनिर्मित किशोर किशोरी मैत्री भवनको उद्घाटन समेत गरिएको छ । उक्त भवन सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा ग्रामीण नारी उत्थान सङ्घ हरिपुरको सहरीकरणमा १३ लाख ४६ हजार १२२ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो । साथै उक्त स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर लाई सहयोग पुग्ने स्वास्थ्य उपकरणको साथै हेण्डवास र पिउने पानीको समेत व्यवस्था गरिएको छ ।

नयाँ भवनमा किशोर किशोरीलाई आईपर्ने समस्याका बारेमा त्यस क्षेत्रका किशोर किशोरीहरूले सिकाई केन्द्रको रूपमा प्रयोग गर्न थालिसकेको सङ्घले जनाएको छ । उक्त स्वास्थ्य चौकीमा अघिल्लो वर्ष शौचालय तथा स्नान गृह निर्माण कार्यमा पनि सहयोग पुर्‍याइएको थियो ।

त्यस्तै ईश्वरपुर–११ करमुहान स्थित २ लाख ५० हजार ७५५ रुपैंयाको लागतमा जनता प्राथमिक विद्यालयमा कम्पाउन्ड मर्मत र कक्षा कोठा रंगरोगन कार्य सहित विद्यालयको वाल विकास तथा अन्य कक्षाहरूमा शैक्षिक सामग्री, खेलकुद सामाग्रीको साथै खानेपानीको व्यवस्थापनको पनि अनुगमन गरिएको संस्थाले जनाएको छ । उक्त सहयोले विद्यालयमा भर्ना दर वृद्घि भएको स्थानीयले बताएका छन् ।

दुवै क्षेत्रको अनुगमन गर्दा स्थानीय समुदाय र संस्थाको राम्रो समन्वय तथा सहकार्य भएको र लक्षित वर्गलाई सहयोग पुगेको भन्दै कन्ट्री डाइरेक्टर जेनिफर सेडले खुसी प्रकट गरेको सङ्घले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ