arrow

ट्रम्पमाथि महाभियोग लगाउन सिनेटमा मतदान हुँदै

logo
प्रकाशित २०७७ माघ २७ मंगलबार
donald-trump.JPG

काठमाडौँ । अमेरिकी माथिल्लो सदन सिनेटमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाभियोगको प्रस्ताव पास गर्न मंगलबार मतदान हुँदैछ ।

गत जनवरी ६ मा अमेरिकी संसद्मा भएको आक्रमण उक्साएको भन्दै ट्रम्पमाथि महाभियोगको प्रस्ताव अघि सारिएको थियो ।

त्यसपछि जनवरी १३ मा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट यो प्रस्ताव पास भइसकेको छ ।

मंगलबार १०० सिनेटरहरूले मत खसाल्ने छन् । ट्रम्पमाथि महाभियोग लाग्न दुई तिहाइ मत चाहिने छ ।

५० डेमोक्रेट सिनेटर रहेको अवस्थामा केही रिपब्लिकन सिनेटरहरूले पनि यसको पक्षमै मतदान गर्ने सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
नयाँ