काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । बिहीबार ट्विटरमार्फत उनले झाँक्री पक्राउको भर्त्सना गर्दै तत्काल रिहाइको माग गरेका हुन् ।
झाँक्रीले राज्यविरुद्धको अपराध गरेको जनाउँदै प्रहरीले बिहीबार अपराह्न उनको निवासबाटै पक्राउ गरेको थियो ।
उनले लेखेका छन् ,'रामकुमारी झाँक्रीलाई तत्काल रिहाइ गरियोस्। अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस् ।'
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले देशका विभिन्न स्थानमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा झाँक्रीले राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएकी थिइन् ।