प्रेस युनियन झापाको बनभोज कार्यक्रममा प्रेस स्वतन्त्रताबारे चर्चा
प्रकाशित २०७७ माघ ३० शुक्रबार
247
Shares
झापा । नेपाल प्रेस युनियन झापा जिल्ला शाखा माइपश्चिम् क्षेत्रीय समितिले शुक्रबार जिल्ला स्तरीय पत्रकार भेटघाट तथा बनभोज कार्यक्रम गरेको छ । इलामको चुलाचुली गाउँपलिका-९ मा पर्ने चपेटी बनभोज स्थलमा झापाका क्रियाशिल पत्रकारहरुको उपस्थिति थियो ।
नेपाल प्रेस युनियन केन्द्रिय सदस्य गोविन्द्र चन्द्र क्षेत्रीको प्रमुख आथित्यता तथा प्रेस युनियन माइ पश्चिम क्षेत्रीय समिति अध्यक्ष विष्णु सुब्बाको सभापतित्वमा कार्यक्रम भएको हो ।
कार्यक्रममा आफ्ना बिचार राख्दै नेपाल प्रेस युनियन पूर्वकेन्द्रिय सदस्य कृष्ण हुमागाईले लोकतन्त्रको सौन्दर्य भनेकै प्रतिपक्षीहरुले फरकअभिमत राख्न पाउने अधिकार भएको बताए ।
आगामी असारसम्ममा केपी ओली सरकारको बैधानिकता अन्त्य हुने र उक्त समयसम्ममा प्रतिगमन नसच्याए देशमा सैनिक शासनको सुरुवात हुने हुमागाईको भनाइ थियो ।
कार्यक्रममा पत्रकार महासंघ झापा जिल्ला अध्यक्ष तारामणी सापकोटाले देशको राजनीतिक परिस्थिति फेरिएकाले यस्तो परिस्थितिमा पत्रकारका संघ संस्था संकटमा परे प्रेस स्वतन्त्रता पनि कुन्ठित हुने बताए ।
नेपाल प्रेस युनियन केन्द्रिय सदस्य गोविन्द चन्द्र क्षेत्रीले हाल देशमा संबिधान मिचिएको जिकिर गर्दै यस विषम परिस्थितिलाई सामना गर्न पत्रकारहरुले आसन्न पत्रकार महासंघको निर्वाचनबाट सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने बताए ।
बनभोजमा गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार साह, गौरीगन्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापा, नेपाली काङ्ग्रेस गौरादह नगर सभापति यादवराज सेढाई ,काङ्ग्रेस नेतृ सुमित्रा उप्रेती, पत्रकार महासंघ झापा उपाध्यक्ष एकराज गिरि, प्रेस युनियन जिल्ला सभापति इन्दु पुर्बेली ,पत्रकार महासंघ प्रदेस १ सदस्य रेजिना गौतम, प्रेस संगठन झापा अध्यक्ष मुक्ती पौडेल ,फोनिज प्रदेस १ इन्चार्ज बिपिन राई ,पत्रकार महासंघ प्रदेस सभा सदस्य मीन प्रकाश उप्रेती, ग्रामिण पत्रकार मञ्च गौरादहका अध्यक्ष बेणु प्रसाद अधिकारीलगायतको उपस्थिति थियो । कार्यक्रम प्रेस युनियन झापाका उपाध्यक्ष गिरिराज भट्टराईले सन्चालन गरेका थिए ।