जितजंग बस्नेतको ओलीलाई चेतावनीः घटना दोहोरिए तरुण दल चुप लागेर बस्दैन
प्रकाशित २०७७ फागुन ५ बुधबार
391
Shares
काठमाडौं । नेपाल तरुण दलले बैतडी जिल्लाको डिलासैनीमा नेपाली कांग्रेसको कार्यक्रम भइरहेको समयमा कार्यक्रममा उपस्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डा. डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेता तथा कार्यकर्तामाथि नेकपाको ओली समूहबाट नियोजित रूपमा सत्ता र शक्तिको आडमा गरिएको आक्रमण अत्यन्त निन्दनीय भएको बताएको छ ।
तरुण दल अध्यक्ष जितजङ्ग बस्नेतले प्रेस विज्ञप्ति जारी गरी आक्रमणमा परी घाइते भएका सबैको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै आगामी दिनमा यस्ता भौतिक आक्रमणका घटना फेरि पनि दोहरिए नेपाल तरुण दल चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘घटनामा संलग्न सम्पुर्ण दोषीलाई चाँडो भन्दा चाँडो पक्राउ गरी कारबाहीको जोडदार माग पनि गरेका छन् । कार्यक्रम स्थलमा नेपाल तरुण दलका जिल्ला अध्यक्ष घनश्याम भट्ट, उपाध्यक्ष कर्ण राना लगायत स्थानीय तरुण साथीहरुले देखाएको सक्रियताका कारण कार्यक्रम पुनः सुचारु भएको हुँदा सम्पूर्ण तरुण साथीहरुको सक्रियताको प्रशंसा गर्दै नेपाल तरुण दल केन्द्रिय समितिको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौ । साथै आगामी दिनमा पनि पार्टी र संगठनका कार्यक्रममा यस्तै सक्रियताको अपेक्षा गर्दछौंं ।’