वैशाखमा चुनाव हुन्छ, सबै तयार भएर बसौँ : उपप्रधानमन्त्री पोखरेल
रासस,
प्रकाशित २०७७ फागुन ८ शनिबार
408
Shares
काठमाडौँ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताएका छन्। काठमाडौँ महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उहाँले यसका लागि चुनावका लागि तयार हुन आग्रह समेत गरे।
राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उनको भनाइ छ। उनले भने “ चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने छन्। जनताभन्दा ठुलो न्यायाधीश अरू कोही हुँदैनन्। यसैले ताजा जनादेशमा लागि सबै तयार हुनुपर्छ।”
निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास र समृद्धिको सपना साकार हुने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ। वाग्मती प्रदेश सरकार र स्थानीय जनसहभागितामा भीमसेनथान मन्दिरको पुनः निर्माण गरिएको हो। काठमाडौँ निर्वाचन क्षेत्र नं ५ क का प्रदेश सांसद नारायण सिलवालले मन्दिर पुनः निर्माणमा पहल गरेका थिए।
सो अवसरमा उहाँले मन्दिर पुनः निर्माण गर्न सफल भएकामा खुसी व्यक्त गर्दै हाँडीगाउँवासीको सहयोगकै कारण योजना सफल भएको बताए। स्थानीयको करिब रु १६ लाख सहयोग उपलब्ध भएको उनले जानकारी दिए।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका सबै खाले विकास निर्माणका कामका लागि आफू प्रतिबद्ध रहेको बताए। संस्कृति र सम्पदा बचाउनका लागि महानगरले धेरै काम गरिरहेको उनको भनाइ थियो।