काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले ६८ जिल्लामा आफ्नो निकटका व्यक्तिलाई चयन गरेको छ ।
प्रदेश, जिल्ला कमिटी, केन्द्रीय निकायलाई पूर्णता दिने क्रममा प्रचण्ड-नेपाल समूहले जिल्लामा अध्यक्ष र सचिव चयन गरेको हो ।
सो क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३५ जिल्ला र अर्का अध्यक्ष माधवकुमार नेपालका ३३ जिल्लामा आफ्ना निकट अध्यक्ष र सचिव चयन गरेका छन् ।
अध्यक्ष द्वय नेपाल र प्रचण्डले समूहलाई पूर्णता दिन यसअघि परिपत्र जारी गरेका थिए ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा फागुन ७ गते शुक्रवार बसेको केन्द्रीय समितिको बैठकले पार्टी एकीकरणका बाँकी काम तथा प्रदेश कमिटीका पदाधिकारीको चयन, जिल्ला कमिटीका पदाधिकारी र केन्द्रीय निकायको एकीकरणको कामलाई पूर्णता दिने निर्णय गरेको थियो । सोहि सहमति अनुसार दुवै अध्यक्षले ५०-५० प्रतिशत हुनेगरि पार्टी कमिटी र विभिन्न संगठन विस्तार गर्ने भएका हुन् ।