बुटवल । आर्थिक पत्रकारिता पुरस्कार–२०७७ बाट नागरिक अनलाइनका प्रधानसम्पादक कपिल ज्ञवाली सम्मानित भएका छन् । बुटवल उद्योग वाणिज्य संघले हरेक वर्ष प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार यस बर्ष ज्ञवालीलाई प्रदान गरिएको हो ।
रुपन्देहीको आर्थिक, सामाजिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा पत्रकारिता क्षेत्रबाट पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उद्योग वाणिज्य संघले २५ हजार १ रुपैयाँ नगद राशीसहित ज्ञवालीलाई सम्मान गरेको हो ।
उनलाई महासंघका अध्यक्ष शेखर गोल्छा र बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले सम्मान पत्र,नगद राशी र दोसल्लाले सम्मान गरेका हुन् ।
संघले ६७औं वार्षिक साधारण सभा तथा २४औं अधिवेशनको अवसरमा सोमबार उनलाई सम्मान गरेको हो । सम्पादक ज्ञवाली डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् ।