काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ ।
प्रचण्ड-नेपाल समूहले काठमाडौंमा उपलब्ध स्थायी कमिटीका सदस्यहरूलाई बैठकका लागि पेरिसडाँडास्थित पार्टी कार्यालयमा बोलाएको हो ।
अध्यक्षद्वय प्रचण्ड र नेपाल भने चितवनबाट काठमाडौं फर्किएका छन् । काठमाडौं पुगेर नेताद्वयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल शुरु गरेका छन्।उक्त छलफल पछि पार्टीको बैठकमा सहभागी हुनेछन्।
स्थायी कमिटी बैठक दुई बजे बस्ने तय भएको छ । बैठकपछि चार बजेका लागि सो समूहले पार्टीको संसदीय दलको बैठक बोलाएको छ ।