काठमाडौँ। ग्राहकहरूलाई स्वास्थ्य सम्बन्धी विभिन्न सेवाहरू लिँदा सेवा प्रदायकबाट विशेष सहुलियतको व्यवस्थालाई विस्तार गर्ने उद्देश्यले कुमारी बैङ्क लिमिटेडले जीवन्त एडभान्स काठमाडौँ इमेजिङ्गसँग विभिन्न सुविधा उपलब्ध गराउने सम्झौता गरेको छ।
कुमारी बैङ्कका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य र जीवन्त एडभान्स काठमाडौँ इमेजिङ्गकी प्रबन्ध निर्देशक ममता हमाल घिमिरेबिच हस्ताक्षर गरेका छन्। उक्त सम्झौता–पत्र अनुसार जीवन्त एडभान्स काठमाडौँ इमेजिङ्गमा एमआरआई, सिटी स्क्यान, अल्ट्रा साउन्ड शुल्कमा ग्राहक वर्गले कुमारी बैङ्कको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ।
कुमारी बैङ्कले देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैङ्किङ इकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैङ्किङ सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।