कुमारी बैङ्कको २० औँ वार्षिकोत्सव, देशव्यापी शाखाहरूबाट सामाजिक कार्यक्रम
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २४ मंगलबार
249
Shares
काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा देशव्यापी शाखाहरूबाट सामाजिक कार्यक्रमहरू आयोजना गरी लामो बैङ्किङ इतिहासलाई भव्यताका रूपमा मनाएको छ।
बैङ्कले प्रदेश-१ मा रहेका १६ वटै शाखाहरूबाट मन्दिर तथा स्थानीय परिसर सरसफाइ तथा हरियाली संरक्षण कार्यक्रमहरू सम्पन्न गरेको छ। यसै सन्दर्भमा बैङ्कको पथरी शाखाले शनिश्चरे स्थित सेल्फी रोडमा डस्टबिन वितरण, उर्लाबारी मङलबारे स्थित श्री ॐ महायोगी गुरु शिव गोरक्षनाथ सिद्ध गोरक्ष योगपिठ सिद्दाश्रम नेपाल मन्दिर परिसरमा वृक्षारोपण तथा डस्बिन वितरण गरेको बैङ्कले जनाएको छ।
बैङ्कले वातावरण प्रतिको जिम्मेवारी बहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधान वाहक रहेको कुरालाई आत्मसाथ गर्दै सो कार्यक्रमहरू गरेको हो। यस २० औँ वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश-१ मा रहेका १६ वटै शाखाहरूबाट बैङ्कले वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कुमारी बैङ्कले देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैङ्किङ इकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैङ्किङ सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरू सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ।