कुमारी बैङ्कको २० औँ वार्षिकोत्सव, पशुपति क्षेत्रमा सरसफाइ
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २३ सोमबार
189
Shares
काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले आफ्नो २० औँ वार्षिकोत्सव देशव्यापी रूपमा विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गरी मनाएको छ। यस अवसरमा चैत्र २१ गते शनिवार काठमाडौँको पशुपति क्षेत्रमा आयोजित सरसफाइ कार्यक्रमको शुभारम्भ बैङ्कका सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप राणाबाट गरे।
पशुपति क्षेत्र विकास कोष, काठमाडौँ महानगरपालिका, वडा नं. ८ कार्यालयको सहकार्यमा आयोजित उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका परिषद् सदस्य आशा पाण्डे, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, बैकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी लगायत उच्च व्यवस्थापनका पदाधिकारीहरू र १५० जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
हालसम्म देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैङ्किङ इकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैङ्किङ सुविधाहरू दिँदै आएको यस बैङ्कले आफ्नो २० वर्षको यो अनवरत यात्राका हरेका पलमा सम्पूर्ण शुभचिन्तकहरूले दिएको अथक साथ र विश्वास प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आफ्ना निरन्तर सेवा र सुविधालाई नवीनतम प्रणालीका साथ सशक्त र सुलभ बनाउँदै जाने प्रेरणाका लागि बैकले आभार व्यक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।