काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा कप्तान लियोनल मेस्सीको गोलमा बार्सिलोना विजयी भएको छ । उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकाल्ने क्रममा शनिबार रातिको खेलमा सेभियालाई २–० गोल अन्तरले पराजित गरेको हो ।
चौथो स्थानको सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन मेस्सी र ओसुमाने डेम्बेलेले एक एक गोल गरे । यो जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा पुगेको छ ।