काठमाडौं । नेपाल प्रेस युनियन मनाङका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका उपाध्यक्ष नविन लामिछानेलाई गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरले सम्मान पत्र प्रदान गरेको छ ।
कोरोना भाइरसको संक्रमण शुरु भएयता सचेतनामूलक समाचार रिपोर्टिङ गरेवापत नेपाल टेलिभिजन तथा राससका मनाङ प्रतिनिधि लामिछानेलाई फाउन्डेसनकी केन्द्रीय अध्यक्ष सुजता कोइरालाले कदर पत्र प्रदान गरेकी हुन् ।
आइतबार कोइराला निवासमा लामिछानेलाई सम्मान पत्र हस्तान्तरण गर्दै पूर्वउपप्रधानमन्त्री तथा फाउण्डेन्सनकी अध्यक्ष कोइरालाले विकट जिल्लामा बसेर पत्रकार लामिछानेले पुर्याएको योगदानप्रति धन्यवाद ब्यक्त गरिन् ।
सो अवसरमा कोरोना महामारीका बेला जोखिम मोलेर रिपोर्टिङ गर्ने साथै समाचार लेख्ने पत्रकारलाई जिपी कोइराला फाउन्डेसन केन्द्रीय समितिले एक भब्य समारोहविच सम्मान गर्ने पनि प्रतिवद्धता जनाइन ।