काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) नेपालको सातौंं अधिवेशनको पूर्व सन्ध्यामा स्थगित भएको छ । उक्त अधिवेशन स्थगित भएपछि असन्तुष्टि पनि चर्किएको छ ।
मध्यरातमा अध्यक्ष सुवास खतिवडा र महासचिव गोविन्द देवकोटाको नामबाट विज्ञप्ति जारी गरी अधिवेशन स्थगन गरिएको सूचना पाएपछि २३ जनाले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा, ‘देशभरबाट सामुदायिक रेडियोका प्रतिनिधिहरु काठमाडौं आइसकेको अवस्थामा कपोलकल्पीत भ्रामक कारण देखाइ अधिवेशन स्थगन गर्ने दुस्प्रयास कुनै हालतमा पनि लोकतान्त्रिक समाजका लागि सह्य हुन सक्दैन । संस्थाको प्रतिष्ठा गरिमा समेतमा आँच आउने गरी गरिएको यस प्रकारको अवैधानिक कृयाकलाप कुनै हालतमा स्वीकार्य हुन सक्दैन ।’
उनीहरुले, ‘अधिवेशनको नियमित कार्यक्रम तोकिएकै मिति, समय र स्थानमा सुचारु हुने भएकोले उक्त स्थगनको भ्रममा नपर्न यसै विज्ञप्ति मार्फत सबै सदस्य रेडियो स्टेशनका प्रतिनिधि ज्यूहरुलाई आह्वान गर्दछौं ।’ भनेका छन् ।
यस्तो छ विज्ञप्ति–
प्रेस विज्ञप्ती
सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)को सातौ अधिवेसनको पूर्व सन्ध्यामा मध्यरातमा अध्यक्ष सुवास खतिवडा र महासचिव गोविन्द देवकोटाको नामवाट विज्ञप्ती जारी गरि अधिवेशन स्थगन गरिएको सूचना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । देशभरवाट सामुदायिक रेडियोका प्रतिनीधिहरु काठमाण्डौ आइसकेको अवस्थामा कपोलकल्पीत भ्रामक कारण देखाइ अधिवेशन स्थगन गर्ने दुस्प्रयास कुनै हालतमा पनि लोकतान्त्रीक समाजका लागि सह्य हुन सक्दैन । संस्थाको प्रतिष्ठा गरिमा समेतमा आँच आउने गरि गरिएको यस प्रकारको अवैधानीक कृयाकलाप कुनै हालतमा स्वीकार्य हुन सक्दैन । अधिवेशनको नियमित कार्यक्रम तोकिएकै मिती, समय र स्थानमा सुचारु हुने भएकोले उक्त स्थगनको भ्रममा नपर्न यसै विज्ञप्ती मार्फत सवै सदस्य रेडियो स्टेशनका प्रतिनीधि ज्यूहरुलाई आह्वान गर्दछौं ।
मोहन चापागाँइ, निर्वतमान अध्यक्ष
किशोरजंग थापा, सल्लाहकार
अर्जुन गिरी, बरिष्ठ उपाध्यक्ष
निमेश कर्ण, उपाध्यक्ष
भुवन सिंह, उपाध्यक्ष
वन्दना दनुवार, सचिव
भुमिराज चापागाई, लेखा समिती संयोजक
रमेश जोशी, विज्ञ सदस्य
सरोज पौडेल, विज्ञ सदस्य
केपी घिमिरे, अध्यक्ष, लुम्विनी प्रदेश
अशोक दत्त, अध्यक्ष, प्रदेश नं २
दिर्घराज उपाध्याय, अध्यक्ष, सुदुर पश्चिम
कृष्णहरि घिमिरे, अध्यक्ष, वाग्मती प्रदेश
शान्ति गुरुङ, अध्यक्ष, गण्डकी प्रदेश
मिलन गाहा मगर, सदस्य
बिष्णु अवस्थी, सदस्य
ध्रुवराज ढकाल, सदस्य
टिकाजंग थापा, सदस्य
उमेश सुनुवार, सदस्य
अजय यादव, सदस्य
सुक्रराज भण्डारी, सदस्य
राम भरोषी महतो, सदस्य
ललिता कुष्मी, सदस्य