काठमाडौं । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकता भई गठन भएको नेकपालाई मान्यता नदिएपछि दुवै पार्टीले अलग अलग गतिविधि शुरु गरेका छन् ।
माओवादी केन्द्रले मंगलबार(आज) पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको छ। छलफलको एजेन्डाबार टुंगो नभएपनि सरकारलाई दिएको समर्थन फिर्ता गर्ने विषयमा प्राथमिकताका साथ छलफल गरिने जनाइएको छ ।
बैठकमा पुरानै पार्टी दर्ता प्रक्रिया शुरु गर्ने र वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय हुनसक्ने एक नेताले बताए । बैठकमा स्थायी समिति सदस्यहरुलाई उपस्थित हुन खवर गरिएको छ ।
माओवादी केन्द्रको स्थायी समिति १९ सदस्यीय रहेको छ । पूर्व माओवादीका तर्फबाट मन्त्री बनेका मणि थापा, रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतका नेताहरु बैठकमा सहभागी नहुने जनाएका छन् ।