arrow

माओवादी केन्द्रको बैठकमा मन्त्री भएका माओवादी नेताहरु अनुपस्थित 

logo
प्रकाशित २०७७ फागुन २५ मंगलबार
moust_kendra.jpg

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि पहिलोपटक बोलाइएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा हालको सरकारमा मन्त्री भएका माओवादी नेताहरु अनुपस्थित भएका छन् ।

पेरिसडाँडामा जारी बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भएका माओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा सहभागी भएनन् । 

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । विशेषगरी केन्द्रदेखि तलसम्मका संगठनका बारेमा छलफल भइरहेको नेतृ पम्फा भुसालले संचारकर्मीहरुलाई जानकारी दिएकी छन । 



लोकप्रिय समाचार
नयाँ