काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठनबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग तत्काल वार्ता र छलफल गर्ने निर्णय गरेको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले नयाँ सरकार गठनका बारे कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार गठन र संसद्मा संयुक्त रूपमा देखाउन सकिने भूमिकाबारे छलफल हुने जानकारी दिए ।
बैठकले २९ फागुनमा बस्ने गरी केन्द्रीय समिति र १ चैत मा कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए ।