डोटी । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) जिल्ला कमिटी डोटीको कार्यालय सिलगढीमा स्थापना गरिएको छ ।
देशभर धमाधम कार्यालय स्थापना हुन थालेपछि बुधबार जिल्ला सदरमुकाम सिलगढीमा विधिवत कार्यालय स्थापना गरिएको नेकपा माओवादी केन्द्र डोटीले जनाएको छ ।
माओवादी केन्द्रका प्रतिनिधि कमल बहादुर गड्सिला ,योगेन्द्र बहादुर बोहरा र खगेन्द्र बहादुर साउदले संयुक्तरूपमा कार्यालय उद्घाटन गर्नु भएको युवा नेता तेजबहादुर डुम्रेलले बताएका छन् ।