बार्सिलोनालाई पछाडि धकेल्दै लाग्यो रियाल मड्रिड अगाडि
प्रकाशित २०७७ चैत १ आइतबार
198
Shares
काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन रियाल मड्रिड बार्सिलोनालाई पछाडि धकेल्दै दोस्रो स्थानमा पुगेको छ । शनिबार राति भएको खेलमा रियालले इल्चेलाई २–१ गोल अन्तरले पराजित गर्दै आफूलाई दोस्रो स्थानमा पुर्याएको हो ।
घरेलु मैदानमा खेलेको रियाल पछाडि परेको थियो । खेलको ६१ औं मिनेटमा डानी काल्भोले गोल गर्दै इल्चेलाई अग्रता दिलाए ।
तर करिम बेन्जिमा चम्किएपछि रियालले जित्यो । ७३ औं मिनेटमा बेन्जिमाले पहिलो गोल गर्दा इन्जुरी समयमा दोस्रो गोल गर्दै रियाललाई २–१ को जित दिलाए ।