पोखरा । हाम्राकुरा डटकम कास्कीका संवाददता हरि पन्त सम्मानित भएका छन् । पोखरामा रहेका धादिङवासीहरुको संस्था धादिङ पोखरा सम्पर्क समाजको २२ औं साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा पत्रकार पन्तलाई नगद पुरस्कार, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।
पोखरामा रहेर १७ वर्षदेखि पत्रकारितामा क्रियाशील रहँदै आएका पत्रकार पन्तले धादिङ समाजका गतिविधिलाई प्रचारप्रसार गरी महत्वपूर्ण योगदान पुर्याएको भन्दै समाजले सम्मान एवं पुरस्कृत गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले पत्रकार पन्तलाई सम्मान गरेका हुन् ।
पत्रकार पन्त यस अघि पनि लायन्स इन्टरनेशल डिष्ट्रिक्ट ३२५ बी १ नेपालको पत्रकारिता पुरस्कार प्राप्त गर्नुका साथै विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका छन् ।
पत्रकार पन्त पोखरास्थित गण्डकी भ्वाईस डटकमका सम्पादक, सगरमाथा टेलिभिजनमा समेत कार्यरत छन् । कार्यक्रममा धादिङकी चेली एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) चिनीमाया तामाङलाई पनि सम्मान गरिएको थियो ।
साथै समाजका निवर्तमान अध्यक्ष युवराज खतिवडा, सचिव सरस्वती श्रेष्ठ सरु, सदस्य माधव लम्साल पनि कार्यक्रममा सम्मानित भए । यस्तै विभिन्न कार्यक्रमका संयोजकहरु उपाध्यक्ष प्रेम नेपाली, कार्यसमिति सदस्य रामप्रसाद दुवाडीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।