सरकारसँगको समर्थन फिर्ता नलिन ममाथि दबाब छ तर धेरै कुर्न सक्दिन : प्रचण्ड
प्रकाशित २०७७ चैत १४ शनिबार
103
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरूबीच सहमति होस् र समर्थन फिर्ता सँगसँगै होस् भन्ने आफूले चाहेको बताएका छन् ।
नागरिक समाजले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले केही दिनमै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने बताए ।
उनले भने, ‘समर्थन फिर्ता नलिन ममाथि दबाब छ, समर्थन फिर्ता लिइस् भने झन् भद्रगोल हुन्छ भनिरहेका भएपनि अब राजनीतिक र नैतिक रूपमा धेरै कुर्न सकिदैन ।’
उनले जनता एक भएर अघि बढेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सेटिङ भत्किएको समेत बताए। उनले भने, ‘हामी जनता एक भएर अघि बढ्यो त्यो सेटिङ भत्क्यो। यही कारण संसद पुनःस्थापना भयो ।’
अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन उल्टाइदिएपछि आफूहरुले ठूलो लडाईं जितेको ठानेर रिल्याक्स गर्नु गल्ती भएको पनि बताए ।