हेटौंडामा दिनहुँ मर्छन् चित्तल, विद्यार्थी भन्छन् : कर्मचारी नै मार्न सक्रिय
रबिन्द्र गौतम,
प्रकाशित २०७७ चैत १५ आइतबार
239
Shares
हेटौँडा। हेटौँडामा दिनहुँ चित्तल मर्ने गरेका छन्। हेटौँडा बजार नजिकैको बन विज्ञान अध्ययन संस्थान, गोरक्षेस्वर धामलगायतका जङ्गलमा सधैँ जसो चित्तल मृत भेटिने गर्छन्।
भुस्याहा कुकुरले सधैँ चित्तल मार्ने गरेको र चोरी सिकारी पनि हुने गरेको स्थानीय बत्ताउँछन्। तर यसप्रति कुनै पनि निकायले ध्यान दिएको पाइएको छैन।
आइतबार पनि हेटौँडाको बन विज्ञान अध्ययन संस्थान परिसर भित्र एक चित्तल मृत अवस्थामा भेटिएको छ।
आइतबार बिहान फरेष्ट्री क्याम्पस परिसरमा चित्तल मरेको अवस्थामा भेटिएपछि मृत चित्तल सडकमा ल्याएर क्याम्पस प्रशासन विरुद्ध विद्यार्थीले प्रदर्शन गरे। चित्तललाई कुकुरले मारेको हुन सक्ने अनुमान गरिएको छ।
बाहिरका भुस्याहा कुकुर र क्याम्पस भित्रै पालिएका कुकुरहरूले हरेक दिन चित्तल मार्ने गरेको विद्यार्थी हरू बत्ताउँछन्। गएको ५ दिन यता ३ वटा चित्तल मृत भेटिएको फरेष्ट्रीका विद्यार्थीले बताएका छन्। फरेष्ट्रीका कर्मचारी नै वन्यजन्तुको चोरी-सिकारीमा सक्रिय रहेको विद्यार्थी हरूको आरोप छ।
चित्तल मार्नका लागि क्याम्पसको जङ्गलमा बन्दुक समेत पड्कने गरेको विद्यार्थी हरू बत्ताउँछन्।
दिनहुँ वन्यजन्तुको मृत्यु भैँरहदा पनि क्याम्पस प्रशासनले कुनै ध्यान नदिएको र अन्य सम्बन्धित निकायले चासो नदिएको भन्दै विद्यार्थीले आज बिहान पूर्व-पच्छिम राजमार्ग अन्तर्गत हेटौँडा १० बन विज्ञान अध्ययन संस्थान अगाडीको सडकमै प्रदर्शन गरेका थिए।
विद्यार्थीको प्रदर्शनले केही समय सवारी आवाज-जावन नै रोकिएको थियो।