हेटौँडा । मकवानपुरमा आफ्नै छोराले बन्चरो प्रहार गरी बाबुको हत्या गरेका छन् ।
जिल्लाको कैलाश गाउँपालिका ३ कटुन्जेमा आइतबार बिहान बाबु छोराबिच विवाद हुँदा ३० वर्षे अञ्जन सापकोटाले बाबु ५० वर्षीय बलराम सापकोटालाई बन्चरो प्रहार गरेका थिए ।
टाउकोमा बन्चरो प्रहार भएपछि सापकोटाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले बन्चरो प्रहार गर्ने अञ्जन सापकोटालाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निरीक्षक अविनाश अधिकारीले जानकारी दिए ।