नेपालगन्ज । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।
राप्तीसोनारी गाउँपालिका-५ बिनौनास्थित चिलहरिया गाउँ निवासी २१ वर्षीय दीपक वैश्य को मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
राप्ती नदीमा पौडी खेल्ने क्रममा सोमवारदेखि बेपत्ता भएका वैश्यको मङ्गलवार बिहान शव फेला परेको हो । राप्ती नदीको मदुवा घाटमा बन्दै गरेको पुल नजिकै उनी डुबेका थिए ।
'नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाको टोलीले खोजीका क्रममा मङ्गलवार बिहान शव फेला पारेको हो । शव परीक्षणको लागि नेपालगन्जस्थित भेरी अस्पतालमा पठाइएको छ', खनालले भने ।