इलामको हर्कटेमा महिलाहरुलाई आत्म सुरक्षा तालिम दिइने
प्रकाशित २०७७ चैत १८ बुधबार
198
Shares
इलाम । नागरिक सेवा समाजले इलामको रोङ गाउँपालिका स्थित हर्कटेमा महिला हिंसा विरुद्ध शसक्तिकरण गर्ने उद्देश्यले आत्म सुरक्षा तालिम आयोजना गर्ने भएको छ ।
हर्कटेको ओशो सिविरको हलमा यही चैत २१ गते शनिबारका दिन हुने कार्यक्रममा पूर्वमिस नेपाल तथा संचारकर्मी माल्भिका सुब्बा, फाइटब्याक काठमाडौंका विक्रान्त पाण्डे, दृष्टि नेपालकी परिना लिम्बुलगायतले सहजिकरण गर्ने आयोजक नागरिक सेवा समाजका सत्यम राईले जानकारी दिए ।
फाइटब्याक काठमाडौं र दृष्टि नेपालको सहकार्यमा हुने कार्यक्रममा सूर्योदय नगरपालिका, रोङ गाउँपालिका र झापाका महिलाहरुको सहभागिता रहने राईले जानकारी दिए । कार्यक्रममा उत्प्रेरणा र आत्म सुरक्षा, कानुनी परामर्श, पुर्नःस्थापनालगायतका विषयमा चर्चा गरिनेछ ।