मनाङ । नेपाल पत्रकार महासंघ मनाङ शाखामा नवीन लामिछाने अंकुरको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।
नेपाल पत्रकार महासंघ मनाङ जिल्ला निर्वाचन समिति संयोजक कृष्णदास कोइरालाले सबै पदमा आवश्यक जतिमात्र उम्मेदवारी परेकाले सबै सर्वसम्मत भएको जानकारी दिए ।
शाखा उपाध्यक्षमा सन्तोष श्रेष्ठ, महिला उपाध्यक्षमा सविना सिंह महर्जन, सचिव रिया गुरुङ, कोषाध्यक्ष मालती घले, सहसचिव तिलबहादुर गुरुङ र समावेशी सचिवमा पूर्ण गुरुङ छन् ।
शाखा सदस्यमा सुरेश थापा, शोलबहादुर गुरुङ, फुर्ब छिरिङ लामा, सुकबहादुर विक छन् । शाखाबाट केन्द्रीय पार्षदमा पशुपति अधिकारी, मीनकाशी गुरुङ र प्रदेश पार्षदमा बुद्धि गुरुङ पनि सर्वसम्मत भएका छन् ।