नबिल बैङ्कको नव वर्ष २०७८ को 'नयाँ रहर, नयाँ अफर' सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २६ बिहिबार
258
Shares
काठमाडौँ। नबिल बैङ्कले नयाँ वर्षमा ग्राहकहरूका लागि क्यास ब्याक अफर ल्याएको छ। दराज सँगको सहकार्यमा चैत्र २९ देखि वैशाख ७ गते सम्म नबिल बैङ्कका ग्राहकहरूले सपिङ गर्दा छुट तथा क्यास ब्याक प्राप्त गर्न सकिने जनाएको छ। अफरमा डेबिट कार्ड मार्फत १५ प्रतिशत छुट वा एक हजार सम्मको क्यास ब्याक र क्रेडिट कार्ड मार्फत सपिङ गर्दा २० प्रतिशत छुट वा १५ सय सम्म क्यास ब्याक प्राप्त गर्न सक्ने छन्।
उक्त अफर सुरु हुन मात्र २ दिन रहेकोले नबिल बैङ्कको नजिकको शाखामा गई खाता खोली ग्राहकहरूले डेबिट र क्रेडिट कार्ड मार्फत क्यास ब्याक अफरको लाभ लिन सकिने बैङ्कले जनाएको छ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस बैङ्कको ११९ शाखा, १७५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको छ जनाएको छ।