गुल्मी । नेपाल प्रेस युनियन गुल्मीका सचिव एवम् जिल्लामा क्रियाशील पत्रकार रमेश विश्वकर्मा सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ शाखा गुल्मीले पत्रकार विश्वकर्मालाई ‘चिन्तामणी निमकला उत्कृष्ट पुरस्कार’ बाट सम्मानित गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका निवर्तमान अध्यक्ष नवराज भुषालले जानकारी दिए ।
नयाँ वर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद हस्तान्तरण एवम् पुरस्कार वितरण कार्यक्रममा उनलाई नगदसहित सम्मान–पत्रद्वारा सम्मान गरिएको हो ।
जिल्लामा रहेर पत्रकारिताको क्षेत्रबाट समाजका विकृति तथा अन्यायका विरुद्धमा आवाज उठाएर स्वच्छ समाज निर्माणमा सहयोग पुर्याएको भन्दै पुरस्कार प्रदान गरिएको पुरस्कार छनोट समितिका संयोजक अनिल खत्रीले जानकारी दिए ।
पत्रकार विश्वकर्माले सामाजिक संजाल फेसबुकमार्फत पुरस्कार स्थापना गर्ने र नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष भुषाल लगायतलाई धन्यवाद सहित आभार व्यक्त गरेका छन् ।
साथै उनले यो सम्मानले आफूलाई पत्रकारिता क्षेत्रमा थप जिम्मेवारी बोध गराएको उल्लेख गरेका छन् ।