काठमाडौं । देशकै जेठो र ठूलो अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा कर्मचारी युनियन पुनर्गठनसहित दर्ता भएको छ ।
सेवाग्राहीलाई सहज सुलभ, गुणस्तरिय, भरपर्दो, छिटोछरितो सेवा प्रवाह तथा गुणस्तरिय अध्ययन अध्यापन र कर्मचारी हकहित एवं वृत्ति विकासको लागि युनियनको पुनर्गठनसहित दर्ता भएको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल, ट्रमा सेन्टर र नर्सिंग क्यापस) मा कार्यरत कर्मचारीहरूले २०६५ देखि नै क्रियाशील गराएको प्रतिष्ठान स्तरको आधिकारिक ट्रेड युनियन चिविराप्र कर्मचारी युनियन वीर अस्पताल २०७८ वैशाख २ गते दर्ता भएको हो ।
श्रम तथा रोजगार कार्यलयमा दर्ता न ३८६३ मा प्रतिष्ठानको एक मात्र युनियनको रूपमा दर्ता भको हो । दर्ता भएको युनियनको अध्यक्षमा डा. प्रकाशबहादुर थापा र सचिव दिपक मुडभरी रहेका छ्न् ।
समिति १५ सदस्यीय रहेको छ।