arrow

नेपालगन्जमा थप ३ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ११ शनिबार
lumbini-province-corona.jpg

नेपालगन्ज। कोरोनाबाट नेपालगन्जका थप ३ जनाको  मृत्यु भएको छ। भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज ५ का ८४  वर्षीय पुरुषको शुक्रवार साँझ ७ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन्।

त्यस्तै भेरी मै उपचाररत नेपालगन्जका ३५ वर्षीय पुरुष र सोही ठाउँकी ६१ बर्सिया महिलाको शनिवार राती उपचारका क्रममा मृत्यु भएको फोकल पर्सल ओलीले जानकारी दिए।

यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ।



लोकप्रिय समाचार
नयाँ