काठमाडौँ। सरकारले तत्काल अन्तर्राष्ट्रिय तथा अन्तरिम हवाई उडान नरोक्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद् बैठकमार्फत सरकारले तत्काल अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान यावत रूपमा सञ्चालन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
तर अन्तर्राष्ट्रिय उडानबाट आएका नेपालीहरू १० दिन होम क्वारेन्टिन र विदेशी नागरिकहरू होटेल क्वारेन्टिनमा अनिवार्य बस्नु पर्ने छ।
बैठकले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेका विभिन्न सिफारिसलाई पनि परिमार्जनसहित पारित गरेको छ।
सीसीएमसीले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएमा निषेधाज्ञा लगाउनुपर्ने भनी गरेको सिफारिस पनि स्वीकृत भएको हो। यस्तै अन्तर्राष्ट्रिय सीमा नाकालाई व्यवस्थित गर्ने निर्णयसमेत बैठकले गरेको छ।