नेपालगन्जमा बिहिवारदेखि पचास बेडको अक्सिजनयुक्त आइसोलेसन सञ्चालन हुँदै
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १५ बुधबार
118
Shares
नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले ५० बेड अक्सिजन सहितको आइसोलेसन सेन्टर बनाएको छ।
नेपालगन्ज १३ रामलीला मैदानमा रहेको उपमहानगरपालिकाको तालिम केन्द्रमा बनेको आइसोलेसन सेन्टर बिहिवारदेखि सञ्चालनमा आउने कार्यवाहक नगर प्रमुख उमा थापा मगरले बताइन् ।
उक्त आइसोलेसनलाई भेरी अस्पतालले प्रत्यक्ष निगरानी गर्ने कार्यवाहक नगर प्रमुख थापा मगरले जानकारी दिएकी छिन् ।
बिहिवारदेखि सञ्चालन हुने उक्त आइसोलेलको कार्यवाहक नगर प्रमुख थापा मगर,भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा र अस्पतालका डा. बद्री चापागाईँ र नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले अनुगमन गरी सबै तयारी पूरा भएको बताएका छन् ।
बिहिवारदेखि सञ्चालन हुने आइसोलेसनमा भेरी अस्पतालबाट पूर्ण सहयोग हुने डा .थापाले बताए।