काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले आफ्नो क्रेडिट कार्डका ग्राहकहरूलाई ग्रिन बुटी ब्रान्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ।
आई बोस ग्लोबल लाइफ इन्टरनेशनलसँग गत शुक्रवार भएको सम्झौता अनुसार मेगा बैङ्कले किस्ताबन्दीमा म्याट्रेस खरिद गर्ने सुविधा ल्याएको हो।
ग्राहकहरूले भौतिक रूपमा तथा आईबोस लाइफ डटकमबाट पनि म्याट्रेस खरिद गर्न सक्नेछन्। यसरी किस्ताबन्दीमा खरिद गरेबापत बैङ्कको ब्याज निःशुल्क गरिएको छ भने कूल मूल्यको शतप्रतिशतसम्म फाइनान्सिङको सुविधा उपलब्ध गरिएको छ।
आई बोस ग्लोबल लाइफ इन्टरनेशनल उत्कृष्ट म्याट्रेस उत्पादन गरिरहेको नेपाली कम्पनी हो। आई बोसले ग्रिन बुटी ब्रान्डका ८० हजारदेखि डेढ लाख रुपैयाँ सम्मका म्याट्रेस उत्पादन गरिरहेको छ।
ग्राहकहरूलाई छ महिना तथा एक वर्ष गरी दुई वटा किस्ताबन्दीको सुविधा दिइएको मेगा बैङ्कले जनाएको छ।