काठमाडौं । बलिउडका महानायक अमिताभ बच्चनले कोरोना भाइरसको महामारीबाट बच्नका लागि कोभिड केयर सेन्टर बनाउन दुई करोड भारु (तीन करोड २० लाख नेपाली रुपैयाँ) सहयोग गरेका छन् ।
भारतको दिल्लीमा बनेको ३०० बेडको गुरु तेघबहादुर कोभिड केयर सेन्टरका लागि उनले उक्त रकम दिएका हुन् । यो केयर सेन्टर सोमबारबाट शुरु भएको छ ।
सिख समुदायले उक्त सेन्टर बनाएको हो । दिल्ली शिख गुर्द्धारा व्यवस्थापन समितिका अध्यक्षले अमिताभ बच्चनलाई धन्यवाद दिँदै ‘शिखहरु लिजेन्ड्री’ भएको बताए ।
अमिताभ बच्चन यसअघि नै संक्रमित भइसकेका छन् । उनीसँगै उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी पनि कोरोना संक्रमित भएर निको भएका छन् ।